दाङ । दाङमा सर्पदंशबाट विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियाका ५५ वर्षीय शालिकराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शङ्कर माध्यमिक विद्यालय खरदरियाकाा प्रधानाध्यापक यादवलाई बिहान घरभित्रै सर्पले डसेको थियो । यादवको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गर्मी बढेसँगै विशेषगरी तराई र मध्यहाडी क्षेत्रमा समेत सर्पले टोक्ने घटना बढेका छन् । गर्मीमा शीतल तथा आहाराको खोजी गर्दै सर्प घरभित्र आउने जोखिम धेरै रहेकोले सावधानी अपनाउनुपर्ने सर्प विज्ञले बताएका छन्
झ्यालमा जाली राख्न, सुत्नुअघि ओछ्यानमा सर्प भए/नभएको यकिन गर्न, झुल लगाएर सुत्न, घरभित्र सर्प बस्ने सम्भावित ठाउँलाई निगरानी गर्न विज्ञको सुझाव छ ।









