२०८२ माघ ५ गते सोमवार

गएराति दाङ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

दाङ । गएराति दाङ उपत्यकासहित देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । केही दिन कमजोर रहेको मनसुनी वायु सक्रिय भएपछि अस्ति बेलुकीदेखि पानी पर्न थालेको हो । तर पर्याप्त वर्षा भने हुन सकेको छैन ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै दाङमा ८५.२ मिलिमिटर पानी परेको छ । यस्तै बाँकेमा ७१.२ मिलिमिटर पानी परेको छ । अहिले पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै ठाउँहरुमा तथा तराईका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस