२०८२ मङ्सिर ३ गते बुधवार

मृगौला पिडित गणेशलाई दमारगाउँ चर्चको सहयोग

दाङ, १५ साउन ।
तुलसीपुर–३ दमारगाउँका गणेश गुरुङ पछिल्ला केही वर्षयता मृगौला रोगसँग लडिरहनुभएको छ । उपचार खर्च अभावले उहाँलाई थप पीडा दिइरहेको बेला दमारगाउँ चर्चले नगद सहयोग गरेको छ ।

दमारगाउँ चर्चका पाष्टर टोपबहादुर महताराले गुरुङलाई पाँच हजार रुपैयाँ नगद सहयोग गरिएको बताउनुभयो । ‘गणेशजस्तो युवाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग गरेका छौँ ।’ पाष्टर महताराले सहयोग रकम हस्तान्तरण गर्दै भन्नुभयो–‘सानातिना प्रयासहरूले अरूलाई पनि यस्ता संकटमा परेकालाई सहयोग गर्न प्रेरणा मिलोस् भन्ने आशा गरेका छौँ ।’

उपचार खर्च जुटाउन कठिनाइ भोगिरहेका गुरुङले चर्चको सहयोगलाई जीवनका लागि ठूलो सहारा भएको बताउनुभयो । ‘सामाजिक सद्भाव र मानवीयताले मात्र हामीजस्ता बिरामीलाई नयाँ आशा दिन सक्छ ।’ उहाँले भन्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस