सल्यान । भेरी नदीको किनारमा एक पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको छ । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रा नजिकै भेरी नदीको किनारमा उक्त शव फेला परेको हो ।
बेवारिसे र सडेगलेको अवस्थामा रहेकाले शव कसको हो पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार ईलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारबाट प्रहरी नायब निरीक्षक धनबहादुर नेपालीको कमाण्डमा चार जनाको टोली खटिएर घटनाको अनुसन्धान भैरहेको छ ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखेको प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो ।
















