२०८२ माघ २५ गते आइतवार

थारू समुदायले भदौ ८ गते अट्वारी पर्व मनाउने

दाङ । थारू समुदायले यो वर्षको अट्वारी पर्व भदौै ८ गते मनाउने भएका छन् । कृष्ण जन्माष्टमी (अष्टिम्की) पछिको पहिलो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउने प्रचलन रहँदै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते पर्न गएको थारू अगुवाहरुले बताएका छन् ।

जन्माअष्टमी पछिको एकसाता पछि पर्ने अर्थात पहिलो आइतबारलाई थारू समुदायले पहिलादेखि अट्वारी मान्दै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते परेको थारु संस्कृतिविद् अशोक थारूले बताउनुभयो ।

थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य भुवन चौधरीले पनि खास अट्वारी भदौ ८ गते अट्वारी भएको बताउनुभयो । उहाँले अष्टमीे पछि कुशे औंसीको पहिलो आइतबारलाई अट्वारी मनाउने पहिलाको प्रचलन भएकाले सोही आधारमा भदौ ८ गते अट्वारी पर्व पर्न गएको बताउनुभयो ।

थारू समुदायको पुरुषहरुले विशेष रुपमा अट्वारी मनाउने गर्दछन् । दाजुभाइहरुले अट्वारीको अवसरमा दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभरि व्रत बसी बेलुकी ५ बजेतिर भीमको पूजा गर्ने गर्दछन् ।

लुम्बिनीको दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशका सुर्खेत जिल्लामा बस्ने थारू समुदायले विशेष रुपमा अट्वारी मनाउने गर्दछन ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस