२०८२ माघ ८ गते बिहिवार

पेट्रोलको भाउ दुई रुपैयाँले बढ्यो


दाङ । नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँले बढाएको छ भने डिजेल र मट्टीतेलको एक रुपैयाँले घटाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको खरिद मूल्य अनुसार नयाँ भाउ तोकिएको निगमले जनाएको छ ।

अब चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ लिटरमा १५८ रूपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको १४६ रूपैयाँ ५० पैसा पर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६० रूपैयाँ र डिजेल–मट्टीतेलको १४८ रूपैयाँ पर्नेछ ।

यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६१ रूपैयाँ र डिजेल–मट्टीतेलको १४९ रूपैयाँ पर्नेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस