२०८३ बैशाख २६ गते शनिवार

वली दम्पतिको व्यक्तिगत लगानीमा चित्रालेखि बटुवा प्रतिक्षालय निर्माण


दाङ । तुलसीपुर उपमहानगरपालिका–१६ पिपल चौतारी टोलमा चित्रालेखि बटुवा प्रतिक्षालय निर्माण गरिएको छ । प्रतिक्षालयको शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर उद्घाटन गरिएको छ । समाजसेवी विष्णु बहादुर वली र कुन्ती वली दम्पतिले आफ्ना आमा–बुवाको सम्झनामा व्यक्तिगत लगानीमा प्रतिक्षालय निर्माण गर्नुभएको हो ।

पिपलचौतारी टोल विकास संस्थाका अध्यक्ष नेपालु चौधरीको अध्यक्षता तथा तुलसीपुर–१६ का वडा अध्यक्ष शिवानन्द डीसीको प्रमुख अतिथ्यता एवं वडा नम्बर १८ का वडा अध्यक्ष माधव वलीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा वडा अध्यक्ष शिवानन्द डिसीले समाजसेवी वली परिवारप्रति कृतज्ञता प्रकट गर्नुभएको छ । कार्यक्रममा वली बंश समन्वय समितिका केन्द्रिय उपाध्यक्ष बेचन वली, वली वंश समन्वय समिति दाङका अध्यक्ष रेखबहादुर वली, समाजसेवी तथा राजनीतिज्ञ अमरबहादुर खड्का, समाजसेवी बिष्णु बहादुर वली लगायतले मन्तव्य राख्नुभएको हो ।

पिपल चौतारीटोल विकास संस्थाका सचिव घनश्याम पोखरेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन यज्ञमूर्ती गौतमले गर्नुभएको हो । त्यस अवसरमा समाजसेवी वली दम्पतिलाई सम्मान समेत गरिएको सहकर्मी घनश्याम वलीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस