२०८२ फाल्गुन २६ गते मङ्गलवार

नदन अधिकारीले गरे, चौरासी पूजा नगरी मानव सेवामा खर्च


दाङ । चौरासी वर्ष पुगेपछि धेरैले चौरासी पूजा गर्छन् । धुमधाम खर्च गर्ने, पूजापाठ गर्ने गर्छन् । तर तुलसीपुर उपमहानगरपालिका वडा न १८ नदन अधिकारीले भने मानव सेवा आश्रममै पुगेर सहयोगापेक्षी मानवलाई भोजन गराउनुभएको छ ।

लामो समय शिक्षण पेशामा आबद्ध रहनुभएका अधिकारी मानव सेवा नै सबैभन्दा ठुलो पूजा भएकाले मानव सेवामै आएर सेवा गरेको बताउनुभयो ।

अधिकारीकी छोरी शोभा शर्माले बुवाको चाहानाअनुसार सबै सन्तान बुवासंगै पुगेर मानव सेवा आश्रममै पुगेर जन्मदिन मनाएको बताउनुभयो ।

चौरासी वर्ष पूरा गर्नुभएका नदन अधिकारीले सामाजिक सेवा र मानव सेवाबाट नै सन्तुष्टि मिल्ने गरेको बताउनुभयो । अधिकारी नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यसमेत हुनुहुन्छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस