२०८२ माघ ८ गते बिहिवार

तीन दिने आधारभूत अचार बनाउने तालिमको समापन


दाङ । राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना गरेको तीन दिने आधारभूत अचार बनाउने तालिमको समापन भएको छ ।

शेयर सदस्यहरुको सीप विकास र आम्दानी अभिवृद्धि गर्ने उदेश्यका साथ तालिम सञ्चालन भएको थियो ।

संस्थाको शिक्षा उपसमितिको संयोजक अञ्जना विकको अध्यक्षता तथा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका वडा नंम्बर २ का वडा अध्यक्ष डम्बर खत्रीको विशिष्ट आतिथ्यतामा तालिमको समापन भएको हो ।

तालिममा मासुको अचार, च्याउको अचार, कागती अचार, मिक्स अचार बनाउन प्रशिक्षक लोकराज पन्तले सिकाउनु भएको थियोे । तालिमको समापन सत्रमा संस्थाको अध्यक्ष विष्णु गौतम, उपाध्यक्ष चक्र मिलन विक, ऋण उपसमितिको संयोजक यशोद्वा शर्मा लगायतले बोल्नु भएको थियोे ।

तालिम पश्चात् तालिममा सिकेका सहभागीहरुले विभिन्न प्रकारका अचार बनाउने, बनाएको अचारको प्याकेज, लेबलिङ र बजारीकरणमा सहकारीले गर्ने भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस