२०८२ माघ ५ गते सोमवार

कमजोर बन्दै मनसुन : भारी वर्षाको संभावना कम

दाङ, १० भदौ । देशव्यापी रूपमा मनसुनको प्रभाव केही मत्थर देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ ।

पछिल्लो २४ घन्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यममात्रै वर्षा भएको छ । मंगलबार बिहान देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरू र तराईको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार राति देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस