२०८२ फाल्गुन ३० गते शनिवार

समाजसेवी उपेन्द्र पौडेल र रविन ज्ञवालीद्वारा बटुकलाई खाद्यान्न सहयोग

दाङ । संस्कृत कुटी घोराही उत्तरबाहिनीका बटुकलाई खाद्यान्नका सामग्री सहयोग गरिएको छ । तुलसीपुर–७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेल र घोराही–१५ निवासी समाजसेवी रविन ज्ञवालीले कुटीमा अध्ययनरत बटुकलाई चामल, दाल लगायतका खाद्यान्नका सामग्री सहयोग गर्नुभएको हो ।

घोराही–७ सुक्रवार उत्तरवाहिनी क्षेत्रमा संचालित संस्कृत गुरुकुलमा दाङसहित बाँके ,बर्दिया,प्यूठान,अर्घाखाँची लगायत भारतको दिल्लीबाट समेत आएर गुरुकुलीय शिक्षा लिइरहेका छन् । गुरुकुल चलाउने प्रमुख श्रोत पनि दाताहरु नै भएकाले आफुहरुले सहयोग गरेको समाजसेवी उपेन्द्र पौडेलले बताउनुभयो । सबैको सहयोगले गुरुकुल संचालनमा सहजता आउने भएकाले सबैको सहयोग आवश्यक रहेको उहाँको भनाई छ ।

कुटीका प्रमुख प्रकाश भट्टराईको अध्यक्षता तथा समाजसेवी पौडेलको प्रमुख आतिथ्यता एवं समाजसेवी ज्ञवालीको विषेश उपस्थितिमा खाद्यान्नका सामान वितरण गरिएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस