२०८३ बैशाख १३ गते आइतवार

राप्ती गाउँपालिकामा पर्सी अट्वारी पर्वको सार्वजनिक बिदा


दाङ । दाङको राप्ती गाउँपालिकाले थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा भदौ १५ गते आइतबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै अट्वारी पर्व थारु समुदायको ऐतिहासिक, सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीक भएकाले पालिका तथा मातहतका कार्यालयहरू बिदा रहने जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा जारी सूचनामा अट्वारी पर्व थारु समुदायको मौलिक पहिचान र सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै यसले सामाजिक सद्भाव, शान्ति र आत्मीयताको सन्देश प्रवाह गर्ने प्रष्ट पारिएको छ ।

साथै, संस्कृति र परम्पराको संरक्षणका नाममा देखिन सक्ने विकृति वा अपसंस्कृति गतिविधिप्रति सचेत रहन पनि सूचनामा सबैलाई आग्रह गरिएको छ ।

गाउँकार्यपालिकाको भदौ १३ गते बसेको बैठकले अट्वारी पर्वको अवसरमा भदौ १५ गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस