दाङ । राप्ती बबई क्याम्पस तुलसीपुरमा वृक्षरोपण गरिएको छ । लायन्स क्लव अफ दाङको आयोजना तथा ग्रीन फाउन्डेसन नेपालको सहकार्यमा क्याम्पसमा गुलमोहर, पारिजात, दालचिनी लगायतका विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको हो ।
वातावरण संरक्षण र हरियाली अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्यसहित वृक्षरोपण कार्यक्रम गरिएको हो । सन २०२५/०२६ का अध्यक्ष लायन बिनिल केसीको अध्यक्षता तथा क्लवका पूर्व अध्यक्ष एवं राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धेको प्रमुख आतिथ्यता तथा २०२४/२५ का अध्यक्ष लायन गोरख ओलीको विशिष्ट आतिथ्यतामा वृक्षरोपण कार्यक्रम गरिएको हो । लायन्स क्लब अफ दाङमा अध्यक्ष पदको पदभार सम्हाल्नु अघि केसीको नेतृत्वमा वृक्षरोपण गरिएको हो ।
प्रमुख अतिथि पार्धेले वृक्षारोपणलाई दिगो विकास र वातावरणीय सन्तुलनको आधारस्तम्भका रूपमा लिँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । नवनिर्वाचित अध्यक्ष बिनिल केसीले वृक्षारोपण जस्तै सामाजिक उत्तरदायित्वमुखी क्रियाकलापलाई नियमित कार्यक्रमका रूपमा अघि बढाइने जानकारी दिनुभयो ।
कार्यक्रममा लायन्स क्लव अफ दाङका सचिव विजय गिरी, कोषाध्यक्ष रोमप्रसाद भट्टराईसहितका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण लायन गणेश भण्डारीले गर्नुभएको हो ।















