२०८२ फाल्गुन २९ गते शुक्रवार

नेवा देय दवुको ३१ औं स्थापना दिवसमा मानव सेवा आश्रममा भोजन


तुलसिपुर । नेवा देय दवुको ३१ औं स्थापना दिवसलाइ नेवा देय दवु तुलसीपुरले विशेष कार्यक्रमका साथ मनाएको छ ।

संस्थाले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुरमा रहेको मानव सेवा आश्रममा भोजन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष शिव श्रेष्ठले स्थापना दिवसलाई उत्सव मात्र नभई सामाजिक सेवा र मानवीय मूल्यहरूलाई व्यवहारमा उतार्ने अवसरका रूपमा लिइएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सेवामूलक क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा करिब ७० जना आश्रमका आश्रितहरूलाइ भोजन गराइएकोे थियो । संस्थाका पदाधिकारी तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा उपस्तिथ व्यक्तिहरुले यस प्रकारका कार्यक्रमहरूले समाजमा सेवा र सहानुभूतिपूर्ण संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस