२०८२ माघ ५ गते सोमवार

रेडक्रसको ६३औं स्थापना दिवसमा रक्त समूह परीक्षण

दाङ, १९ भदौ ।
नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवसको अवसरमा आज रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

रेडक्रस दाङको प्राविधिक सहयोग र जुनियर रेडक्रस सर्कल माध्यमिक विद्यालय कालाखोलाको आयोजनामा कार्यक्रम भएको हो ।

सभापति ऋतु आचार्यको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक एवं जुनियर रेडक्रस सर्कलका अध्यक्ष राजिव ओझाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा रेडक्रस दाङका सदस्य भीमलाल मरासिनी र जुनियर सदस्य होमबहादुर डाँगीले रेडक्रसको महत्वबारे बताउनुभयो । त्यस अवसरमा २३० जनाको रक्त समूह परीक्षण गरिएको हो ।

विद्यालयका सहायक प्राधानाध्यापक छवि न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन भूपेन्द्र न्यौपानले गर्नुभएको गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस