२०८२ माघ ७ गते बुधवार

तुलसीपुरमा भोलीदेखि सहुलियत पसल सञ्चालन हुने


दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालय तुलसीपुरले भोलीदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

मुख्य शाखा कार्यालय तुलसीपुरले भोलीदेखि छठ पर्वसम्मका लागि सहुलियत पसल सञ्चालन गर्ने सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

सहुलियत पसलमा चामल र चिनीमा प्रतिकिलो ५ रुपैंया छुट दिइएको छ । सहुलियत पसलमा स्टिम जिरा मसिनो चामलको मूल्य पहिले दुई हजार २ सय रहेकोमा प्रतिबोरा १२५ रुपैंया छुट सहित २ हजार ७५ रूपैयाँ तोकिएको छ ।

यस्तै अरुवा सोना मंसुली चामलको मूल्य १ हजार ४७५ रूपैयाँ निर्धारण गरिएको छ । पहिले प्रतिबोरा अरुवा सोना मंसुली चामल १ हजार ६ सय रुपैंयामा बिक्रि हुँदै आएको थियो । अहिले १२५ रुपैंया छुट सहित प्रति बोरा अरुवा सोना मंसुली चामलको मूल्य १ हजार ४७५ रुपैंया निर्धारण गरिएकोे सूचना अधिकारी डाँगीले जानकारी दिनुभयो ।

अरुवा मोटा चामल मूल्य पहिले १ हजार ५५० रुपैंया रहेकोमा हाल छुट सहित १ हजार ४२५ र अरुवा मध्यम चामलको एक हजार ६ सय रहेकोमा छुट सहित १ हजार ४७५ रूपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

यस्तै चिनीमा पनि प्रतिकिलो ५ रूपैयाँ छुट दिइएको छ । बजारमा चिनिको मूल्य प्रति किलो १ सय रुपैंया रहेको छ ।

सहुलियत पसलमा साविक मूल्यभन्दा प्रतिकिलो पाँच रूपैयाँ छुट सहित ९५ रुपैंया निर्धारण गरिएको कम्पनीका सूचना अधिकारी डाँगीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस