२०८२ मङ्सिर २२ गते सोमवार

दाङसहित देशका एक सय ५३ ठाउँबाट सहुलियत पसल

दाङ। सरकारले आजदेखि देशका एक सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

सहुलियत मूल्य पसलबाट प्रतिकिलो/प्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म छुट हुने सरकारले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालय तुलसीपुरले पनि आजदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

मुख्य शाखा कार्यालय तुलसीपुरले छठ पर्वसम्मका लागि सहुलियत पसल सञ्चालनमा आउने जनाएको हो । खाद्यले चामल र चिनिमा प्रतिकेजी ५/५ रुपैँया छुट दिने भएको छ । सहुलियत पसलमा साविक मूल्यभन्दा प्रतिकिलो पाँच रूपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस