२०८३ बैशाख ४ गते शुक्रवार

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

दाङ । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँको मौसम आज पनि बिहानैदेखि धुम्म परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच प्रदेशमा वर्षाको संभावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । आज राति देशभर साधरणतया बदली रहनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस