दाङ। दाङको प्रमुख पर्यटकियस्थल चमेरेगुफा वरपर सरसफाई गरिएको छ । मूलकोट टोल विकास संस्थाले चमेरेगुफा वरपरको वातावरण सरसफाई गरेको हो ।
चाडपर्व नजिकिएसंगै गुफा अवलोकनका लागि पर्यटक आउने हुँदा उनिहरुलाई सहजताका लागि गुफा वरपरको ठाउँ सरसफाई गरिएको टोल विकास संस्थाका अध्यक्ष ऋषीराम पुनले जानकारी दिनुभयो ।

टोलका सम्पूर्ण नागरिकको सहभागीतामा पर्यटकियस्थल चमेरेगुफा वरपरको सरसफाई गरिएको हो ।

गुफासम्म पुग्ने मूलबाटो र वरपरको वातावरण सरसफाई गरेपछि पर्यटकलाई सहजता हुने उहाँले बताउनुभयो । गुफा अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।












