२०८२ कार्तिक ३० गते आइतवार

आजदेखि बडादशैँ शुरु


दाङ । हिन्दुहरुको महान चाड बडादशैँ आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने हिन्दुहरूको पर्व बडा दसैं सोमबारदेखि प्रारम्भ भएको हो ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

सोमबार बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज घटस्थापनाको साइत बिहान ०९ : १३ मिनेटमा रहेको समितिले जनाएको छ ।

आज घोराही उपमहानगरपालिका वडा नम्बर १८ अम्बापुरमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको अम्किेश्वरी मन्दिरमा बडादशैँमा पुजा गरिदैछ । अम्बिकेश्वरी मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष नारायण अधिकारीले अघिल्लो वर्षको अनुभवको आधारमा यसवर्ष थप व्यवस्थित बनाएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस