२०८२ चैत्र १ गते आइतवार

जन्मदिनमा गाईलाई चारोे र नुन खुवाइयो, हेरालुलाई चाउचाउ


तुलसीपुर । तुलसीपुरका एक युवाले आफ्नै जन्मदिनको अवसरलाई विशेष बनाउन गौशालामा पुगेर गाईलाई चारो र नुन खुवाएका छन् । जन्मदिनमा सामान्यतया पार्टी गर्ने, केक काट्ने परम्परा भए पनि उहाँले पशुप्रेमलाई प्राथमिकता दिँदै गौशालामा पुगेर जन्मदिनको अवसरमा यस्तो कार्य गर्नु भएको हो ।

तुलसीपुर–७ निवासी हिमाल बाबु केसीले आफ्नो ३०औँ जन्मदिनको अवसरमा तुलसीपुर–१८ दुधरासस्थित आदित्यनाथ गौशालामा रहेका गाईहरूलाई पिरो तथा नुन खुवाउनुभएको छ । तुलसीपुरमा दरबार फेशन मार्ट सञ्चालन गदै आएका युवा व्यवसायी केसीले गाईलाई चारोे तथा नुन खुवाइसकेपछि गौशालामा रहेका गाई हेरालुहरूलाई दुई कार्टुन चाउचाउ समेत उपहार दिनुभएको थियो ।

सामान्यतया जन्मदिन पार्टी, भोज वा मनोरञ्जनसहित मनाउने चलन रहँदै आएको भए पनि केसीले यसपटक त्यसलाई भिन्न ढंगले प्रस्तुत गर्नुभएको छ ।

जन्मदिन आफूसँग मात्र सीमित नराखी समाजका अन्य जीवप्रति पनि केही गर्नुपर्छ भन्ने सोच राखेर गौशालामा पुगेको उहाँले बताउनुभयो । केसीले जन्मदिनलाई पशुप्रेम, सेवा र सामाजिक सन्देशसँग जोड्दै गौशालामा पुगेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस