
तुल्सीपुर,१५ असोज । तुलसीपुर उपमहानगरपालिका–७ नवलपुरका विक्षा चौधरीलाई वडा अध्यक्ष रामबहादुर जिसीले व्यक्तिगत पहलमा खाद्यान्न सहयोग गर्नुभएको छ । बडादशैंको अवसरमा सबै घरमा खुसियाली छाइरहेको बेला चौधरी परिवार भने पीडामा रहेको छ। असोज ८ गते रातिको वर्षाका कारण उहाँको घर भत्किएपछि छोरी मिना चौधरीको घरमा अस्थायी आश्रय लिन बाध्य भएका थिए ।
स्थानीय कृष्णप्रसाद आचार्यले वडा अध्यक्ष जिसीलाई जानकारी गराएपछि नवमीका दिनमा घरमै पुगेर अध्यक्ष जिसीले चौधरी परिवारलाई चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री प्रदान गर्नुभएको हो ।
पीडामा रहेका नागरिकलाई सहयोग गर्नु आफ्नो दायित्व भएको अध्यक्ष जिसिले बताउनुभयो। उहाँले विपद् र दुःखका घडीमा परेका नागरिकलाई सहयोग गर्न समुदायका सबैलाई आह्वान समेत गर्नुभयो । यस्तै पीडामा रहेको परिवारलाई तुलसीपुर–७, पर्सेनी प्रेमप्रसाद पोखरेलले पनि नगद सहयोग हस्तान्तरण गर्नुभएको थिया ।