
दाङ । तुलसीपुर–१९ हाडिमेमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्र सुधार केन्द्रमा विजया दशमीमा सामुहिक टीका,जमरा ग्रहण कार्यक्रम गरिएको छ ।
लागूपदार्थ दुर्ब्यशन उपचारार्थीहरुलाई दशैँको अवसरमा सामुहिक टीका कार्यक्रम व्यवस्थापन गरिएको हो ।
संस्थामा रहेका सम्पूर्ण उपचारार्थीहरुका लागि टीका लगाउने प्रबन्ध मिलाइएको सस्थाका प्रमुख सुरेश भुसालले जानकारी दिनुभयो ।
सुधार केन्द्रभित्र रहेका सबैजनालाई टिका लगाउनका लागि प्रबन्ध मिलाइदिएको थियो । संस्थामा हाल ३६ जना उपचारार्थी रहेका छन् । उपचारार्थीहरुलाई नरमाइलो नहोस् भन्ने उद्देश्यले सुधार गृहमै टीकाको प्रबन्ध मिलाई सम्पुर्ण ब्यवस्थापन संस्थाले नै गरेको भुसालले बताउनुभयो ।
संस्थाले हालसम्म करिब १४ सयबढीलाई उपचारपछि पुर्नस्थापना गरेको संस्थाका प्रमुख भुसालको दाबी छ ।