२०८२ असोज २४ गते शुक्रवार

सुनचाँदीको भाउमा आज नयाँ कीर्तिमान


दाङ । सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघेको छ ।

हिजोको भाउमा तोलाको दुई हजार पाँच सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ३० हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ ।

आज चाँदीको भाउ तोलाको ३० रुपैयाँले बढेर दुई हजार नौ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ दुई हजार नौ सय ३० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस