२०८२ मङ्सिर २२ गते सोमवार

पौडेल वंश महासंघ दाङको घुम्ती बैठक बंगलाचुलीमा सम्पन्न


दाङ । पौडेल वंश महासङघ जिल्ला कार्य समिती दाङको घुम्ती बैठक आज बंगलाचुली गाउपालिकामा सम्म्पन्न भएको छ ।

समितिका अध्यक्ष कालिका प्रसाद पौडेलको अध्यक्षता तथा महासङघका प्रदेश सचिब भरतमणी पौडेलको प्रमुख आतिथ्यमा सम्म्पन्न बैठकले पौडेल वंश महासङघको बङगलाचुली कार्य समिती बिस्तार गरेको छ ।

जसको अध्यक्षमा केदारनाथ पौडेल सय अघिनै चयन हुनु भएको थियो भने अन्य पदाधिकारी तथा सदस्य आज बिस्तार गरिएको हो । जसको उपाध्यक्षमा रुपलाल पौडेल खत्री ,सचिबमा तुल्सिराम पौडेल खत्री, कोषाध्यक्षमा पदम बहादुर पौडेल खत्री, सदस्यहरुमा गुरु प्रसाद पौडेल खत्री, शारदा पौडेल खत्री, गुमान सिह पौडेल खत्री, नारायणी पौडेल गिरि र अरुणा पौडेल खत्री चयन हुनु भएको छ ।

साथै बैठकले आगामी घुम्ती बैठक पुस २६ गते शनिबार लमहिमा गर्ने, जिल्ला कार्य समितिले मासिक एक सय उठाउने र समितिको बचत रकम सदस्यहरु बिच लगानी गर्ने लगाएतका निर्णय गरेको छ ।

सो अवसरमा समितिका उपाध्यक्ष केशब पौडेल, कोषाध्यक्ष माधब प्रसाद पौडेल, बंगलाचुली कार्य समितिका अध्यक्ष केदारनाथ पौडेल लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला सहसचिब नरेश पौडेलले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस