२०८२ मङ्सिर २२ गते सोमवार

दाङमा वडाअध्यक्ष सहित १३ जना जुवाडे पक्राउ, चार लाख बढी नगद बरामद

दाङ। चाडपर्वमा रमाइलोको नाममा लाखौँ रकम बाजिमा राखेर जुवा खेल्ने प्रचलन मौलाउँदै गएको छ । जुवा खेल्नमा जनप्रतिनिधिहरु समेत संलग्न रहने गरेका छन् ।

प्रहरीले गएरातीमात्रै घोराहीबाट १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट नगद ४ लाख बढी बढी रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

आईतबार राति घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोहल स्थित रहेको होटल टी थ्रीमा जुवा खेलिरहेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको छ भने घोराही उपमहानगरपालिका वडा नं.१५ काठेकोहल स्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले टि थ्रि होटलको कोठा नम्बर १०८ मा जुवा खेलिरहेका घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणी अर्याल सहित ९ जनालाई नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैया सहित पक्राउ गरेको हो । अर्याल नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

पक्राउ पर्नेमा अर्याल सहित घोराही उपमहानगरपालिका वडा नं. १८ का ४५ बर्षिय कृष्ण बहादुर घर्ती, घोराही–१४ बस्ने बर्ष ६४ को नारायणप्रसाद अधिकारी, घोराही १८ बस्ने वर्ष ४१ को माधव भण्डारी रहेका छन् ।

यस्तै घोराही १७ बस्ने बर्ष ३७ को बिक्रम केसी, घोराही १८ बस्ने बर्ष ४६ को लंक बहादुर बुढा, घोराही १८ बस्ने बर्ष १८ को सागर बुढा, तुलसीपुर–१२ बस्ने बर्ष ३२ को प्रबिन रावत र राप्ती गाउँपालिका वडा नं.२ पाखापानी बस्ने बर्ष ३० को तेज प्रसाद आचार्यलाई पक्राउ गरिएको हो ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं.१५ काठेकोहल स्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद ६० हजार ६ सय ४० रुपैया सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१८ रझेना बस्ने बर्ष ३० को अनुप कशौधन, घोराही.१५ काठेकोहल बस्ने बर्ष ४१ को ज्ञानेन्द्र रिजाल, घोराही १५ काठेकोहल कै बर्ष ३४ क एकराज खत्री र घोराही १४ बस्ने बर्ष ३२ को सोहेलमान मनसुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कविराज रोकायको नेतृत्वमा रहेको प्रहरीले दुबै ठाउँमा छापा हानेर जुवाडे पक्राउ गरेहो हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस