२०८२ फाल्गुन २६ गते मङ्गलवार

वैवाहिक सम्बन्धमा दरारको खाडल बढ्दो : तुलसीपुरमा छुटिए ६ सय बढी जोडी


दाङ, १० कार्तिक ।
संगै जिउने, संगै मर्ने वाचासहित वैवाहिक सम्बन्धमा बाँधिएको जोडी छुटिने क्रम बढ्दै गएको छ । पछिल्लो पुस्तामा व्यक्तिगत स्वतन्त्रताको बोध बढ्दै गएको र सहनशीलता घट्दै गएको कारणले वैवाहिक सम्बन्धमा दरार आउन थालेको हो ।

तुलसीपुर उपमहानगरपालिकाको तथ्यांकले सामाजिक यथार्थलाई स्पष्ट रूपमा देखाएको छ । उपमहानगरपालिकाको पञ्जिकरण शाखाका अनुसार पछिल्ला तीन आर्थिक वर्ष २०७९/२०८० देखि २०८१/२०८२ सम्ममा ६ सय बढी जोडीको सम्बन्ध विच्छेद भएको हो । उपमहानगरपालिकामा तीन वर्षमा ५ हजार ८५ जोडीको विवाह हुँदा ६ सय २ जोडीका सम्बन्ध विच्छेद भएको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/२०८० मा २ हजार २२९ जोडीको विवाह हुँदा २०८ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । यस्तै आर्थिक वर्ष २०८०/२०८१ मा विवाहका १ हजार ४ सय ९६ जोडीको विवाह हुँदा १८७ जोडी छुटिएका छन् ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/२०८२ मा १ हजार ३६० जोडीले विवाह गर्दा २०७ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । पारिवारिक असमझदारी, वैदेशिक रोजगारी, टाढाको बसाइ, आर्थिक समस्या लगाएतका कारण वैवाहिक सम्बन्धमा दरार आउने गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस