दाङ । आजदेखि सरकारी कार्यालयहरु खुल्ने समय घट्ने भएको छ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आजदेखि १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछन् ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ । शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय नै यथावत् रहनेछ ।












