२०८२ फाल्गुन २६ गते मङ्गलवार

कृर्षकलाई अनुदानमा गहुँको बीउ बितरण


दाङ । दंगीशरण गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गहुँको बीउ बितरण गरेकोछ । गाउँपालिकाले पालिकाभित्रका ६१ वटा कृषक समुहलाइ ५० प्रतिशत अनुदानमा गहुँको बीउ बितरण गरेको हो ।

किसानको माग बमोजिम ३ लाख ६८ हजार १ सय ८० रुपंैयाँ बराबरको गहुँको बीउ खरिद गरीएको कृषि साखा प्रमुख शरु भुषालले जानकारी दिनुभयो । ६१ वटा कृषक समुहको माग अनुसार मागका आधारमा अग्रिम पैशा जम्मागरी किसानको ४१ र गाउँपालिकाको ४१ गरि ५० प्रतिशत अनुदानमा बितरण गरीएको हो ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीले चालु आर्थिक वर्ष २०८२/८३ मा खाद्यान्न बाली बीउ बितरणका लागि ५ लाख रुपैंयाँ बजेट बिनियोजन गरेको बताउनुभयो । सोही बजेट अन्तर्गत गहुँको बिउको माग अत्यधिक आएकाले किसानको मागलाइ सम्बोधन गर्न गहुँको बीउ बितरण गरिएको उहाँको भनाई छ । कृषि बालिनालीलाई सहि र सुरक्षीत भण्डारणका लागि ५० प्रतिशत अनुदानमा हर्मेटीक ब्याग समेत बितरण उहाँले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस