दाङ । तुलसीपुरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । तुलसीपुर–६ श्रीगणेश टोल विकास संस्थाका जेष्ठ नागरिकलाई बनकट्टा भैलो समुहले सम्मान गरेको हो । भैलो समुहले बुधबार बनकट्टामा कार्यक्रमको आयोजना गरी २० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
जेष्ठ नागरिक समाजका धरोहर भएको भन्दै भैलो समुहले जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम राखेको समुहका अध्यक्ष सुधा बस्नेत बताउनुभयो । उहाँले जेष्ठ नागरिकको ज्ञान र अनुभव सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।
भैलो समुहका संरक्षक हेमराज भुषालले जेष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भैलो समुहले सकेसम्म हरेक वर्ष सम्मानको कार्यक्रम राख्ने बताउनुभयो ।
सदस्य बिमला शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जेष्ठ नागरिक चुडामनी शर्मा, नारायणप्रसाद अर्याल, बिष्णा रिजाल लगायतले भैलो समुहप्रति धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ ।










