२०८२ मङ्सिर २१ गते आइतवार

हापुरेबाट सिधा काठमाण्डौ बस सेवा सुरु


दाङ । त्रिसिद्देश्वरी राप्ति यातायात सेवा प्रालिले पश्चिम दाङको हापुरेबाट सिधा काठमाण्डौका लागि बस सेवा संचालनमा ल्याएको छ । प्रालिले आजदेखि मुख्य ब्यापारिक केन्द्र हापुरेबाट सिधा काठमाण्डौका लागि कस्तुरी एर बस सेवा संचालनमा ल्याएको हो ।

आज सोमबार प्रालिका अध्यक्ष सुरेश हमालले हापुरे पुगेर यात्रुहरुलाई खादा लगाएर स्वागत गर्नुभएको हो । सो अबसरमा अध्यक्ष हमालले यात्रुहरुको माग अनुसार आफुहरुले हापुरे काठमाडौं बस सेवा सुरु गरेको बताउनुभयो । पहिलो दिन प्रालिले पहिलो टिकट काटेका यात्रुलाई भाडामा ५० प्रतिसत छुट दिएको छ ।

प्रालिले हापुरे देखि काठमाण्डौका लागि एक हजार ९५० रुपंैया भाडादर तय गरेको छ । प्रालिले पश्चिम दाङका यात्रुहरुको सुविधाका लागि हापुरे टिकट काउण्टर बाटै भारतको दिल्ली लगायत मुक्तिनाथ,बिराटनगर,पोखरा,बिरगञ्ज,महेन्द्रनगर लगायतका शहरहरुमा यात्रा गर्ने यात्रुका लागि हापुरे लगायत सबै टिकट काउण्टरहरुबाट टिकट काटन सक्ने ब्यबस्था मिलाएको अध्यक्ष हमालले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस