२०८२ मङ्सिर २२ गते सोमवार

दाङमा आगजनी र लुटपाट आरोपमा थप दुई पक्राउ


दाङ । दाङमा गत भदौ २४ गतेको जेनजी प्रदर्शनमा आगजनी र लुटपाट गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

प्रदर्शनका क्रममा जिल्ला सरकारी वकिल कार्यालय घोराहीमा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ का २४ वर्षीय सञ्जित घर्ती मगर र पाल्पाको माथागढी गाउँपालिका–४ झडेवाका १८ वर्षीय बिशाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उनीहरुलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थुनामा राखेर अनुसन्धान गरिरहेको डिएसपी शाहले जानकारी दिनुभयो ।

उनीहरुसहित दाङमा हालसम्म प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा २४ जना पक्राउ परिसकेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस