दाङ । तुलसीपुर–७ सुन्दरनगर टोल निवासी चन्दा जिसीले मंगलबार वर्त समापनको अवसरमा मानव सेवा आश्रम तुलसीपुरमा आश्रित व्यक्तिलाई भोजन गराउनुभएको छ ।
जिसीले आश्रममा आश्रित ७० जना भन्दा बढी व्यक्तिलाई भोजन गराउनुभएको हो । मानव सेवामा समर्पित जिसीले आश्रमका व्यक्तिलाई एक छाक साँझको भोजन गराउनुभएको हो ।

चन्दा जिसी तुलसीपुर–७ का अध्यक्ष रामबहादुर जिसीको धर्मपत्नी हुनुहुन्छ । भोजन कार्यक्रममा वडा अध्यक्षसहित उहाँको सासुआमा ८७ कुम्भकुमारी जिसी, देवर टेकबहादुर जिसी लगायतका सहभागी रहनुभएको थियो । मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले सहयोगीदाता जिसी परिवारप्रति आभार प्रकट गर्नुभएको छ ।












