२०८२ माघ ७ गते बुधवार

लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थप


दाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदानस्थल थपिएका हुन् ।

नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ रहेको छ । लुम्बिनी प्रदेशमा थपिएका २४ निर्वाचनस्थलमध्ये सबैभन्दा धेरै अर्घाखाँची जिल्लामा सात वटा मतदानस्थल थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मतदाता बढी भएका क्षेत्र र मतदान गर्नका लागि टाढा जानुपर्ने ठाउँमा मतदाताको सहजताका लागि जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएको सिफारिस अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा २४ वटा नयाँ मतदानस्थल थप गरेको बताउनुभयो ।

सूचना अधिकारी कुँवरका अनुसार दाङमा छ वटा, गुल्मीमा चार वटा, प्यूठानमा तीन वटा, रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी (बर्दघा सुस्ता पश्चिम) जिल्लामा एक/एक वटा मतदानस्थल थपिएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस