दाङ । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भिषण आगलागी भएको छ ।
आज शुक्रबार बिहान देखि लागेको आगो अहिले पनि नियन्त्रणमा आउन सकेको छैन् । आगालागीका कारण एउटा ट्रस्ट भवन सहित ठुला साना मेसिन र टायल तथा इन्टरलक जलेर पूर्णरूपमा नष्ट हुँदा करोडौंको क्षति भएको छ ।
आगो नियन्त्रणका लागि गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजर प्रयोग गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरूद्वारा आगो नियन्त्रण गर्ने प्रयास जारी रहेको छ । आगो विधुत सर्ट भएर हो या कसैले आगो लगाएको हो भन्ने विषयमा अहिले सम्म पुष्टि हुन नसकेको इलाका प्रहरी कार्यालय भालवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिनुभयो ।
आगोलागी नियन्त्रणमा लिने काम भइरहेको र फोहर व्यवस्थापनका लागि बनाइको घर पनि जलेको छ । कसरी आगोलागि भयो भन्ने बारेमा अनुसन्धान भएपछि थाहा हुने प्रहरी निरिक्षक ऐरीले बताउनुभयो ।
राप्ती गाउँपालिकाले त्यहाँ फोहर व्यवस्थापन गर्दै आएको थियो । पछिल्लो समय फोहर व्यवस्थापनमा स्थानीयहरुले अवरोध गर्दै आएका थिए । जसको कारणले गर्दा विवाद चुलिँदो थियो ।
व्यवस्थित रुपमा फोहर व्यवस्थापन नगरेको स्थानीयको आरोप थियो । वार्ताबाट निकास निकाल्न प्रयास थालिएको थियो र केही हदसम्म सहमतिको वातावरण बनेकोे छ ।














