दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरी माझडाँडा निवासी प्रवेश वलीले स्वर्गिय आमाको सम्झनामा मानव सेवा आश्रम तुलसीपुरका नागरिकलाई बेलुकाको भोजन गराउनुभएको छ ।
उहाँले स्व. आमा बाटुली वलीको ४५ दिनको पुन्यतिथिमा मानव सेवा आश्रम तुलसीपुरका बालगोपाललाई बेलुकाको खाना भोजन गराउनुभएको हो । वली लक्ष्मी नास्ता भण्डार तुलसीपुरका संचालक समेत हुनुहुन्छ ।
उहाँले आश्रमका ८० जनालाई भोजन गराउनुभएको आश्रमका प्रमुख हिरू जोशीले जानकारी दिनुभयो । स्व. बाटुली वलीको ७९ वर्षको उमेरमा गत कार्तिक १७ गते निधन भएको थियो ।
आज ४५ दिनको पुन्यतिथिमा सहयोगाापेक्षी नागरिकलाई भोजन गराएर गरेर उदाहरणीय बन्नुभएको छ । त्यस अवसरमा ८० वर्षिय बहादुर वलीले स्वर्गीय पत्नीको स्मरण गर्दै आश्रममा आश्रित नागरिकलाई भोजन गराएको बताउनुभयो । वली परिवार बुधबार आश्रममा पुगेर भोजन गराएकोप्रति आश्रम परिवारले धन्यवाद ज्ञापन गरेको छ ।















