२०८२ चैत्र १९ गते बिहिवार

तुलसीपुरमा किशोर–किशोरी लक्षित लागुऔषध दुर्व्यसनविरुद्ध विद्यालयस्तरीय अभियान


तुलसीपुर । तुलसीपुरमा किशोर–किशोरीहरूलाई लक्षित गर्दै लागुऔषध दुर्व्यसनविरुद्ध विद्यालयस्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ को कार्यालय र तुल्सी सामाजिक विकास केन्द्र संस्थाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

तुल्सी सामजिक बिकास केन्द्र संस्थाका अध्यक्ष ओद बहादुर भन्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–२ का अध्यक्ष भिम बहादुर योगीको प्रमुख अतिथ्यता तथा सदस्य मोहनलाल डाँगीको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।
अभियान अन्तर्गत अधिकारकर्मी सुसिल बस्नेतले जनप्रिय इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत झन्डै ७० जना विद्यार्थीलाई लागुऔषध दुर्व्यसनका कारण, असर तथा यसबाट बच्ने उपायबारे प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा विद्यार्थीहरूलाई सचेतना बढाउने उद्देश्यले अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो ।

कार्यक्रमको सहजीकरण तुल्सी सामाजिक विकास केन्द्र संस्थाका सदस्य प्रेरणा परियारले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस