२०८२ फाल्गुन २९ गते शुक्रवार

राप्ती लाइफ केयर नर्सिङ कलेजका विद्यार्थीले मनाए मेरी ख्रिसमस


दाङ । दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूले आज एक विशेष कार्यक्रमको आयोजना गरी मेरी ख्रिसमस मनाएका छन् । राप्ती लाइफ केयर अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूले ख्रिसमसको महिमा झल्काउने विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रिजालले ख्रिसमसको शुभकामना व्यक्त गर्नुभयो । उहाँले कुनै पनि चाडपर्वले समाजमा आपसी सद्भाव, भाइचारा र मेलमिलाप कायम गराउने बताउँदै यस्ता गतिविधिले विद्यार्थीहरूमा एकताको भावना विकास गर्ने उल्लेख गर्नुभयो ।

विद्यार्थीहरूले ख्रिसमसको विशेष अभिनय प्रदर्शन गर्नुका साथै एक–आपसमा उपहारहरू समेत आदानप्रदान गरेका छन् । आशा पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रिन्स वली र संगिता चन्दले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस