२०८२ माघ २५ गते आइतवार

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जाडोमा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेकाले यस्तो आग्रह गरेको हो ।

जाडोमा हिटर वा मकलको प्रयोग गर्दा स्वास्थ्यका लागि हानिकारक हुने हुँदा सावधानी अपनाउन आग्रह गरेको हो । केन्द्रले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न केन्द्रको अनुरोध छ ।

आगो ताप्दा वा हिटर बाल्दा कागज कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउन अनुरोध गरेको छ ।

हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउन , गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न केन्द्रको सुझाव छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस