२०८२ फाल्गुन २९ गते शुक्रवार

बेलझुण्डी खानेपानी संस्थाद्वारा प्रहरी र बैंक प्रमुखलाई सम्मान


दाङ । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज वरिष्ठ सई दलबहादुर बुढा र कुमारी बैंक बिजौरी शाखाका प्रमुख निसान चौधरीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले तुलसीपुर उपमहानगरपालिका–१६, १७, १८ र १९ वडामा २ हजार १ सय धारा वितरण गरिएको जानकारी दिनुभयो। उहाँले खानेपानी वितरण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज दलबहादुर बुढाले खानेपानी वितरणमा कुनै किसिमको अवरोध सिर्जना भए प्रहरी प्रशासनबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संस्थाका उपाध्यक्ष मनकुमारी महतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मुकेश वलीले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस