२०८२ माघ २५ गते आइतवार

तुलसीपुर–१३ मा माघि मिलन कार्यक्रम

दाङ । तुलसीपुर उपमाहनगरपालिका–१३ ले माघि मिलन कार्यक्रम गरेको छ । आज आइतबार तुलसीपुर–१३ मा रहेको प्रावि बखरीयामा एक कार्यक्रमको आयोजना गरी माघि मिलन कार्यक्रा गरेको हो ।

वडा सदस्य धनबिर चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रि डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरी र वडा अध्यक्ष मोहनलाल पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी चौधरीले माघी पर्व थारु समुदायले नयाँ वर्षका रुपमा मजाउँदै आएको बताउनुभयो । उहाँले माघीले सामाजिक सद्भाव र आपसी भाइचारा मजबुत बनाउने भएकाले यस्ता मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

नगर उपप्रमुख स्यानी चौधरीले थारु जातिको संस्कार र संस्कृतीलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले थारु संस्कार र संस्कृतिलाई कार्यक्रममा मात्र नभएर अन्य समयमा पनि चासो दिनुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष पौडेलले थारु जातिहरुको विषेश पर्व माघी भएकोले गतवर्ष देखि वडाले आफ्नै लगानीमा कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले अब आगामी वर्षहरुमा पनि नागरिकहरुको माग अनुसार कार्यक्रम गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा वडा सदस्य बिमला कुमारी शर्मा, बेलमति परियार, पडाका पूर्व कार्यबाहक वडा अध्यक्ष बिनोद पाण्डे, पूर्व गाविस उपाध्यक्ष बाबुराम बिक, ताराबहादुर कार्कि, नेपाल रेडक्रस सोसाइटिका जिल्ला उपसभापति हरिहर पौडेल, विभिन्न राजनितिक दलका प्रतिनिध, समाजसेवि लगाएतको सहभागिता रहेको थियो ।

सो अवसरमा वडाले वडा भित्र रहेका ७० वर्ष भन्दा माथिका १० जना जेष्ठ नागारिकहरुलाई सम्मान गरेको थियो । वडा सदस्य खिमकान्त पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार सुरक्षा चौधरीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस