२०८२ फाल्गुन २९ गते शुक्रवार

लागुऔषध ब्राउनसुगरसहित तुलसीपुरबाट तीन जना पक्राउ

दाङ । लागुऔषध ब्राउनसुगरसहित तीन जना युवा तुलसीपुरबाट पक्राउ परेका छन् । प्रहरीले दुई दिनको अवधिमा रोल्पाका एक जनासहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहका अनुसार रोल्पाको थवाङ गाउँपालिका–५ का २७ वर्षिय दामोदर केसी, तुलसीपुर–७ का २२ वर्षिय पुजन बुढाथोकी र तुलसीपुर–९ बेलुवाका ३१ वर्षिय लाली वली योगीलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

प्रहरीले विशेष सुचनाको आधारमा दुई जना युवालाई गत शुक्रवार दिउँसो सवा ४ बजेतिर र योगीलाई शनिबार अवैध लागुऔषध(ब्राउन सुगर) सहित पक्राउ गरेको हो ।

प्रहरीले दुई जनाको साथबाट २०३ मिलिग्राम लागुऔषध (ब्राउन सुगर) बरामद गरेको डिएसपी शाहले जानकारी दिनुभयो । प्रहरीले योगीको साथबाट १६० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई लागुऔषध मुद्धामा सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस