२०८३ बैशाख ६ गते आइतवार

दाङमा आजदेखि निर्वाचनका दिनसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध


दाङ । दाङमा आजदेखि निर्वाचनका दिनसम्म मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मदिरा बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो ।

कार्यालयले आज एक सूचना जारी गदै फागुन २१ गते हुने निर्वाचनको अवधिसम्म जिल्लाभर मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवन नगर्न/नगराउन निर्देशन दिइएको छ ।

निर्वाचन आचारसंहिता र सुरक्षालाई मध्यनजर गर्दै मतदान सम्पन्न नहुँदासम्मका लागि प्रतिबन्ध लागू हुने जनाइएको छ । प्रशासनले आदेशको अवज्ञा गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस