दाङ । दाङ उपत्यकासहित तराईका क्षेत्रमा आज फागु पूर्णिमा अर्थात् होली पर्व धुमधामका साथ मनाइदै छ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।
सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ । यसपटक निर्वाचनको समय भएकाले पनि कुनै पनि दल उमेदवारको फोटो तथा चुनाव चिन्ह अंकित टिसर्ट लगाएर होली नखेल्न प्रशासनले अनुरोध गरेको छ । होलीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।














