२०८३ असार १ गते सोमवार

शार्प सुटर तयार रहेको सूचनापछि फर्कीएको थियो बालेन चढेको हेलिकप्टर


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह चढेको हेलिकप्टर झापामा अवतरण नगरी फर्कीएको छ । हेलिकप्टरमार्फत झापा जान लागेका बालेन अन्तिम समयमा सुरक्षा सम्बन्धी गम्भीर जोखिमको सूचना आएपछि झापामा नपुगेर फर्किएको स्रोतले जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार झापामा केही शार्प सुटरहरू आक्रमणका लागि तयारी अवस्थामा रहेको सूचना इन्टेलिजेन्स निकायलाई प्राप्त भएको थियो । सोही सूचनाका आधारमा सुरक्षा निकायले बालेनलाई त्यहाँ नजान सुझाव दिएको हो ।

त्यसपछि झापातर्फ उडेको हेलिकप्टर अवतरण नगरी पुनः काठमाडौं फर्किएको हो । सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बालेनको झापा जाने योजना अन्तिम समयमा स्थगित गरिएको हो । -ताजा खबरबाट

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस