२०८२ चैत्र २ गते सोमवार

रुकुम पश्चिममा रुखको हाँगाले लागेर एक व्यक्तिको मृत्यु


रुकुम पश्चिम। रुकुम पश्चिममा रुखको हाँगाले लागेर एक व्यक्तिको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका ५ हाँसुमा आइतबार बेलुका साढे ६ बजेतिरको समयमा हावाहुरीले ओखरको रुखको हाँगा भाँचिदा लाग्दा हाँसुका ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार खत्री मिस्त्री काम गरेर घर फर्किँदै हुनुन्थ्यो । घरभन्दा ३ सय मिटर टाढा रुखको हाँगाले लागेर खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस