२०८३ साउन २४ गते आइतवार

ग्यासको आपुर्ति सहज बन्दै गइरहेको हुँदा उपभोक्तालाई नआत्तिन निगमको आग्रह

दाङ। खाना पकाउने एलपी ग्यासको आपुर्ति सहज बन्दै गएको नेपाल आयल निगमले दावि गरेको छ । निगमका तुलसीपुर प्रमुख बिनोद बस्नेतले आपुर्ति सहज बन्दै गएको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार आजमात्रै तुलसीपुर क्षेत्रमा ९६० सिलिन्डर वितरण हुँदैछ । समस्यामा परेकाहरुले राप्ती ग्यासका डिलरमा सम्पर्क राख्न सक्ने उहाँले बताउनुभयो ।

उहाँले घरमा अनावश्यक भण्डारण नगर्न र संचित गरे/नगरेको पनि सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताउनुभयो । अनावश्यक भण्डारण गरेर राखेको पाइएमा कार्बाही गरिने निगमले चेतावनी दिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस