२०८३ साउन २४ गते आइतवार

लायन्स क्लब अफ तुलसीपुर ईशानको छैटौँ पद हस्तान्तरण


दाङ । लायन्स क्लब अफ तुलसीपुर ईशानको शनिबार छैटौँ पद हस्तान्तरण तथा पुरस्कार कार्यक्रम भएको छ । कार्यक्रममा वर्ष २०२५/२०२६ का अध्यक्ष लायन सुनिल खनालले वर्ष २०२६/२०२७ का नवनिर्वाचित अध्यक्ष लायन दीपक केसीलाई पद हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रम एमजेएफ लायन टिकाराम चपाईंको प्रमुख आतिथ्यता तथा पीएमजेएफ लायन विनोदकुमार श्रेष्ठ र तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष रामबहादुर जिसीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष लायन सुनिल खनालले आफ्नो कार्यकालमा क्लबमार्फत सञ्चालन तथा सम्पन्न गरिएका विभिन्न सामाजिक, मानवीय, स्वास्थ्य, शिक्षा तथा सेवामूलक गतिविधिहरूको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको हो ।

उहाँले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमजेएफ लायन टिकाराम चपाईंले लायन्स क्लब अफ तुलसीपुर ईशानले स्थापना भएदेखि नै सामाजिक सेवा र मानवीय कार्यलाई प्राथमिकतामा राख्दै समुदायमा सकारात्मक योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।

क्लबले आगामी दिनमा पनि समाजका आवश्यकतामा केन्द्रित भएर स्वास्थ्य, शिक्षा, विपन्न तथा असहाय नागरिकको सहयोगलगायतका सेवामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो । नयाँ नेतृत्वले विगतका राम्रा कामलाई निरन्तरता दिँदै क्लबको गरिमा र सामाजिक प्रभावलाई अझ उचाइमा पुर्‍याउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

त्यस्तै, विशिष्ट अतिथि पीएमजेएफ लायन विनोदकुमार श्रेष्ठले लायन्स क्लब अफ तुलसीपुर ईशानले छोटो समयमै सामाजिक सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । सेवाभाव, आपसी एकता र सहकार्य संस्थाको मुख्य शक्ति भएको उल्लेख गर्दै उहाँले नयाँ कार्यसमितिले थप नयाँ सोच, योजना र ऊर्जाका साथ समुदायमुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष रामबहादुर जिसीले सामाजिक संस्था र स्थानीय सरकारबीचको सहकार्यबाट समुदायमा अझ प्रभावकारी सेवा पुर्‍याउन सकिने बताउँदै लायन्स क्लब अफ तुलसीपुर ईशानले समाजसेवाका क्षेत्रमा गर्दै आएका कार्यको प्रशंसा गर्नुभयो ।

कार्यक्रमका संयोजक तथा द्वितीय उपाध्यक्ष केशवराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको समारोहको सञ्चालन तथा सहजीकरण वर्ष २०२५/२०२६ का सचिव सोमराज बस्नेतले गर्नुभएको हो ।

कार्यक्रममा लायन्स क्लब अफ तुलसीपुरका पूर्व अध्यक्ष बिमल रिजाल, लायन्स क्लब अफ तुलसीपुरका पूर्व अध्यक्ष तथा लायन्स क्लब अफ तुलसीपुर ईशानका संस्थापक अध्यक्ष बुद्धप्रकाश सिंह, लायन्स क्लब अफ स्वर्गद्वारीका पूर्व अध्यक्ष प्रदीप खड्का, ध्रुव गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो ।

त्यस अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको हो । साथै, क्लबका पदाधिकारी तथा सदस्यसँग सम्बन्धित फर्स्ट लेडीहरूलाई समेत सम्मान गरिएको हो ।

वर्ष २०२६/२०२७ का लागि लायन्स क्लब अफ तुलसीपुर ईशानको नयाँ कार्यसमिति समेत गठन गरिएको छ ।


अध्यक्ष : लायन दीपक केसी
प्रथम उपाध्यक्ष : लायन केशवराज न्यौपाने
द्वितीय उपाध्यक्ष : लायन सोमराज बस्नेत
उपाध्यक्ष : लायन शरद शर्मा
उपाध्यक्ष : लायन पुष्कर भुसाल
उपाध्यक्ष : लायन धीरज बस्नेत
सचिव : लायन एकराज देवकोटा
कोषाध्यक्ष : लायन प्रतीक भुसाल
सहसचिव : लायन मनिष भुसाल
सह–कोषाध्यक्ष : लायन आशिष देवकोटा
एलसीआईएफ कोर्डिनेटर : लायन विनोद भण्डारी
मेम्बरसिप चेयरपर्सन : लायन दिपेन न्यौपाने

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष लायन दीपक केसीले क्लबको विगतको गौरवपूर्ण यात्रालाई निरन्तरता दिँदै आगामी कार्यकालमा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले क्लबका सम्पूर्ण सदस्यहरूको सहकार्य र एकताका साथ तुलसीपुर ईशानलाई सामाजिक सेवाको क्षेत्रमा थप सक्रिय र उदाहरणीय संस्था बनाउने बताउनुभयो ।

पद हस्तान्तरण तथा पुरस्कार कार्यक्रमले लायन्स क्लब अफ तुलसीपुर ईशानको विगतको सेवामूलक यात्राको समीक्षा गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको छ । नयाँ कार्यसमितिसँगै क्लबले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र समुदायको हितमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस