दाङ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।
भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखक निवासबाट शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरेर अहिले दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ ।
अबको प्रक्रिया भने स्वास्थ्य परीक्षण हुने परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताउनुभयो । स्वास्थ्य परीक्षण गरेपछि अवस्था ठिक रहेको व्यहोरा आएपछि उनीहरुलाई दुबै जनालाई आज प्रहरीले हिरासत राख्न सक्नेछ ।
आज शनिबार सार्वजनिक बिदा भएकाले उनीहरुलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराउन सम्भव छैन । जसकारण उनीहरु दुबै जना आज हिरासतमा रहने सम्भावना छ ।
अहिले परिसर काठमाडौंमा रहेका ओली लेखक दुबै जनाले कानूनी परामर्श अघि बढाएका छन् । उनीहरुमाथि गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा हेलचेक्र्याई गरी ज्यान मारेको अभियोग छ ।
मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ लाई कोट गर्दै प्रहरीले पक्राउ परेको छ । उक्त दफामा ‘हेलचेर्क्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ ।
२३ २४ भदौको घटनामा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेको थियो । त्यसपछि शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वय गर्ने निर्णय गरेको थियो ।















