२०८३ बैशाख ५ गते शनिवार

राउतगाउँमा नयाँ सहकारी दर्ताका लागि सहकारी शिक्षा तालिम

दाङ, १८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ राउतगाँउमा नयाँ सहकारी संस्था दर्ता गर्ने उद्देश्यले शनिबार पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।

प्रस्तावित राउतगाउँ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष शोभा सुवेदीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष शिवानन्द डिसीको प्रमुख आतिथ्यतामा तालिम संचालन भएको हो ।

त्यस अवसरमा वडा अध्यक्ष डिसीले समुदायको विकासका लागि सहकारीको अपरिहार्यता रहेको बताउनुभयो । उहाँले स्थानीय आर्थिक विकासको मेरूदण्ड सहकारी नै भएको बताउदै नागरिकको जीवन रूपान्तरणका लागि सहकारीले काम गर्नुपर्ने बताउनुभयो ।

तालिमको प्रशिक्षकमा जिल्ला सहकारी संघ लि. दाङका महासचिव शुक्रराज भण्डारी रहनुभएको थियो । प्रशिक्षक भण्डारीले सहकारीको अर्थ, अवधारणा, महत्व र सहकारीका मूल्य, मान्यता र सिद्धान्तका विषयमा प्रशिक्षण दिनु भएको हो ।

तालिममा ६० भन्दा बढी स्थानीय नागरिकको सहभागिता रहेको थियोे । अमृत धितालको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण समाजसेवी डिल्लीराज धितालले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस